नियम १८
स्थानीय बजार अनुगमन समितिको काम, कर्तव्य र अधिकार
: (१) ऐनको दफा २८ को उपदफा (१) बमोजिम गठित स्थानीय बजार अनुगमन समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) ऐनको अधीनमा रही उपभोक्ताको हक, हित संरक्षणको लागि नियमित रूपमा स्थानीय बजार अनुगमन गर्ने, गराउने,
(ख) बजार अनुगमन सम्बन्धी कार्यलाई प्रभावकारी बनाउन प्रदेश बजार अनुगमन समितिसँग समन्वय गर्ने,
(ग) उपभोक्ताको हक, हित संरक्षण गर्ने सम्बन्धमा नेपाल सरकार, प्रदेश सरकार, परिषद्, मन्त्रालय वा विभागले दिएको निर्देशन बमोजिम अनुगमन कार्यलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, गराउने, (घ) अनुगमनको क्रममा ऐन तथा यस नियमावली बमोजिमको व्यवस्था परिपालना भएको नपाइएमा ऐन तथा यस नियमावली बमोजिमको व्यवस्था कायम गर्नको लागि निश्चित अवधि तोकी सम्बन्धित उत्पादक, वितरक वा बिक्रेतालाई आदेश दिने,
(ङ) कसैले ऐनको दफा ३८ बमोजिम कसूर हुने कुनै कार्य गरेको पाइएमा कारबाहीको लागि विभाग वा सम्बन्धित निरीक्षण अधिकृत समक्ष लेखी पठाउने,
(च) उपभोक्ताको हक, हित संरक्षणको लागि स्थानीय स्तरमा सचेतना अभिवृद्धि गर्ने ।
(२) स्थानीय बजार अनुगमन समितिको बजार अनुगमन सम्बन्धी कार्यविधि सम्बन्धित स्थानीय तहले निर्धारण गरे बमोजिम हुनेछ।